पर्सा – वीरगन्जस्थित नारायणी अस्पतालको नवजात शिशु सघन उपचार कक्षमा मंगलबार आगलागी भएको छ ।
वीरगन्ज महानगरपालिकाको वारुणयन्त्रले आगो नियन्त्रणमा लिएको थियो । आगलागीमा परी स्टोरमा राखिएका दुई वटा मनिटर, एउटा एलईडी, अक्सिजन प्लान्टमा प्रयोग गरिने पाइप, मास्क, एनआईसियुका उपकरणहरू आदि जलेर करिब १० लाख बराबरको क्षति भएको छ ।
आगलागीबाट मानवीय क्षति भने भएको छैन । नवजात सघन उपचार कक्षमा भर्ना भएका बालबालिकालाई सुरक्षित रूपमा अन्य विभागमा स्थानान्तरण गरी उपचार गरिँदै छ ।