काठमाडौँ- दुर्गा प्रसाईंलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर, भक्तपुरमा राखिएको छ ।
उनलाई परिसरको बालमैत्री कक्षमा राखिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक जना अधिकृतले जानकारी दिए ।
भक्तपुरका एसपी सूर्य खड्काले अन्य थुनुवासँग नराखेर प्रसाईंलाई परिसर स्थित बालमैत्री कक्षमा छुट्टै राखेका हुन् । खड्का नेतृत्वको टोलीले आइतबार राति साढे १० बजे प्रसाईंलाई निकोसेरा स्थित उनको घरबाट पक्राउ गरे हो ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले शान्ति सुरक्षा भङ्ग गरेको प्रहरीको आरोप छ । प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा गरेका थिए । आन्दोलनको घोषणा गरेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
