सैनिक हेलिकप्टरबाट काठमाडौं छाड्दै शीर्ष नेताहरू, तीन हेलिकप्टर वालुवाटार

गढी न्यूज

1-4608×3466-1-0#

काठमाडौं- सोमबार सरकारले १९ जना युवाको हत्या गरेपछि आज मंगलबारदेखि काठमाडौंमा रहेका शीर्ष नेता काठमाडौं छाड्ने तयारी गरेका छन्।
सबै उमेर समूहका नागरिक सडकमा उत्रिएर प्रदर्शनमात्र होइन शीर्ष नेताको आवासलक्षित गर्दै तोडफोड आगजानी गरिरहेका छन्।
यही त्रासले शीर्ष नेताहरू सैनिक हेलिकप्टरबाट धमाधम काठमाडौं छाड्ने तयारी गरेका छन्। तीनवटा हेलिकप्टर बालुवाटारमा पुर्‍याइएको छ।
काठमाडौंमा स्थानीयहरू सडकमा उत्रिएका छन्। युवा, वयस्क तथा महिलाहरू सडकमा उत्रिएका छन्। आमा, बुबा, दिदीबहिनीहरू युवालाई साथ दिन निस्किएका छन्। कर्फ्यु आदेशका बाबजुत देशका धेरै ठाउँमा प्रदर्शन गरिरहेका छन्।
सोमबार कलिला युवा विद्यार्थीको हत्या सरकारले गरेपछि आक्रोशित भएका स्थानीयहरू टोलटोलबाट निस्किएर प्रदर्शन गरिरहेका छन्।
नेपालको इतिहासमा कठोर भनिएका कुनै पनि शासनमा यति धेरै नागरिक सत्ताले मारेको थिएन। यो कसीमा राख्दा केपी ओली इतिहासकै निरंकुश र तानाशाह हुन्। यस्तो निरंकुश तानाशाह लोकतान्त्रिक व्यवस्थाको प्रमुख हुन कुनै पनि दृष्टिबाट सही छैन।
सोमबार बानेश्वर केन्द्रित प्रदर्शन मंगलबार उपत्यकाका चोकचोकमा फैलिएको छ। पूर्वप्रधानन्यायाधीश सुशिला कार्की, कलाकार मनोज गजुरेललगायत व्यक्तिहरू सडकमा आइसकेका छन्। अन्य जिल्लाहरूमा पनि निरन्तर प्रदर्शन भइरहेको छ।

Share This Article