राजविराज — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संघीयता आएपछि मात्रै मधेशका गाउँ(गाउँमा विकासले गति लिएको बताएका छन् ।
शुक्रबार सप्तरीको बोदे बरसाइन नगरपालिका र बलान बिहुल गाउँपालिकाका स्थानीयलाई जोड्न बिहुल नदीमा बनेको पुल उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
‘मधेशका गाउँमा जहाँ पनि पुगेर हेर्नु सात वर्षयता नै सडक सञ्जालदेखि पुलपुसेलाहरु बनेको देखिन्छ,’ उनले भने, ‘त्यसअघि यहाँका गाउँमा मोटर गुड्नै समस्या थियो ।’
तर, अझ पनि अपेक्षाअनुसार यहाँ विकास हुन नसकेको उनको भनाइ छ । ‘संघीय सरकारको मधेशलाई हेर्ने फरक दृष्टिका कारण आवश्यकताको आधारमा बजेट नै दिँदैनन्’ उनले भने, ‘बजेट अभावले अपेक्षाअनुसार काम गर्नै सकेको छैन ।’
बोदे बरसाइन नगरपालिका-८ बैरयाही र बलान बिहुल गाउँपालिका(५ रामनगरस्थित पूर्वाधार विकास कार्यालय राजविराजले कूल ११ करोड रुपैयाँको लागतमा ५० मिटरको पुल निर्माण गराएको हो ।