चन्द्रनिगाहपुर- विकास र सेवा सुधारलाई उच्च प्राथमिकता दिंदै रौतहटको चन्द्रपुर नगरपालिकाले १ अर्ब २१ करोड ८० लाख रूपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
आफ्नो १७ औँ नगरसभामा बुधबार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि प्रस्तुत गरिएको बजेट उक्त बजेट सार्वजनिक गरेको हो ।
उपप्रमुख जयमाला चौधरीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरपालिकाको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा आर्थिक समृद्धिलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताइन ।
प्रस्तावित बजेट अनुसार कुल खर्चमध्ये ८५ करोड रुपैयाँ अर्थात् ७०.५ प्रतिशत चालु खर्चतर्फ विनियोजन गरिएको छ भने ३५ करोड १३ लाख रुपैयाँको २९.५ प्रतिशत पूँजीगत तथा विकास निर्माणका कार्यक्रमका लागि छुट्याइएको उनले जानकारी दिइन् ।
नगरपालिकाले नीति, योजना तथा कार्यक्रमगत बजेटको विस्तृत विवरण वार्षिक नगर विकास योजना पुस्तिका मार्फत सार्वजनिक गर्ने स्पष्ट पारिन ।
आगामी आर्थिक वर्षका लागि नगरपालिकाले ३० करोड ४० लाख रुपैयाँ आन्तरिक स्रोतबाट संकलन गर्ने लक्ष्य राखेको छ। त्यसैगरी संघीय सरकारबाट राजस्व बाँडफाँड, वित्तीय समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदानमार्फत ७६ करोड ९२ लाख ४३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
प्रदेश सरकारबाट विभिन्न अनुदान तथा सवारी कर बापत ४ करोड ४३ लाख ४८ हजार ६ सय ४० रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ । यस्तै मालपोत तथा रजिस्ट्रेसन शुल्कबाट १० करोड ४ लाख ८ हजार ३ सय ६० रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरियो ।
नगरपालिकाले गैरसरकारी संस्था छायाँ नेपाल लगायत अन्य विकास साझेदार संस्थाबाट ५ करोड ३५ लाख ५० हजार ६ सय ९६ रुपैयाँ सहयोग प्राप्त हुने अनुमान गरिन् । साथै गत आर्थिक वर्षको संचित रकमबाट १ करोड रुपैयाँ बजेटमा समावेश गरिएको छ ।
नगरसभाको समापन गर्दै नगर प्रमुखले चन्द्रपुर नगरपालिकालाई सुशासित, व्यवस्थित र समृद्ध नगरका रूपमा विकास गर्ने अभियानमा नगरपालिका निरन्तर क्रियाशील रहेको बताए । उनले नगरवासीको अपेक्षा अनुसार विकास निर्माणका कार्यलाई तीव्रता दिँदै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा रोजगारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिन ।
नगरसभामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, सहित विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।
रौतहटको चन्द्रपुर नगरपालिकाका १७ औँ नगरसभा बुधबार सम्पन्न भएको छ । नगरसभामा आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि १ अर्ब २१ करोड ८० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको हो । नगरसभामा उपप्रमुख जयमाला चौधरीले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरपालिकाको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा आर्थिक समृद्धिलाई केन्द्रमा राखेर बजेट निर्माण गरिएको बताइन । प्रस्तावित बजेट अनुसार कुल खर्चमध्ये ८५ करोड रुपैयाँ अर्थात् ७०.५ प्रतिशत चालु खर्चतर्फ विनियोजन गरिएको छ भने ३५ करोड १३ लाख रुपैयाँको २९.५ प्रतिशत पूँजीगत तथा विकास निर्माणका कार्यक्रमका लागि छुट्याइएको जनाए । नगरपालिकाले नीति, योजना तथा कार्यक्रमगत बजेटको विस्तृत विवरण वार्षिक नगर विकास योजना पुस्तिका मार्फत सार्वजनिक गर्ने स्पष्ट पारिन । आगामी आर्थिक वर्षका लागि नगरपालिकाले ३० करोड ४० लाख रुपैयाँ आन्तरिक स्रोतबाट संकलन गर्ने लक्ष्य राखेको छ। त्यसैगरी संघीय सरकारबाट राजस्व बाँडफाँड, वित्तीय समानीकरण, सशर्त, समपूरक तथा विशेष अनुदानमार्फत ७६ करोड ९२ लाख ४३ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश सरकारबाट विभिन्न अनुदान तथा सवारी कर बापत ४ करोड ४३ लाख ४८ हजार ६ सय ४० रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ । यस्तै मालपोत तथा रजिस्ट्रेसन शुल्कबाट १० करोड ४ लाख ८ हजार ३ सय ६० रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरियो । नगरपालिकाले गैरसरकारी संस्था छायाँ नेपाल लगायत अन्य विकास साझेदार संस्थाबाट ५ करोड ३५ लाख ५० हजार ६ सय ९६ रुपैयाँ सहयोग प्राप्त हुने अनुमान गरिन् । साथै गत आर्थिक वर्षको संचित रकमबाट १ करोड रुपैयाँ बजेटमा समावेश गरिएको छ । नगरसभाको समापन गर्दै नगर प्रमुखले चन्द्रपुर नगरपालिकालाई सुशासित, व्यवस्थित र समृद्ध नगरका रूपमा विकास गर्ने अभियानमा नगरपालिका निरन्तर क्रियाशील रहेको बताए । उनले नगरवासीको अपेक्षा अनुसार विकास निर्माणका कार्यलाई तीव्रता दिँदै शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार तथा रोजगारीका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिन । नगरसभामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, सहित विभिन्न क्षेत्रका सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।