पवन यादव
रौतहट- हुरीले भत्केकाे घरमा च्यापिएर रौतहटमा सोमबार साँझ एक महिलाको मृत्यु भएको छ ।
जिल्लाकाे वृन्दावन नगरपालिका–७ धमौराटोल बस्ने ३५ वर्षीया फूलकुमारी देवीको भत्केको घरले च्यापिएर मृत्यु भएको हो ।
घरमा च्यापिएर गम्भिर घाइते भएकी फुलकुमारीकाे उपचारको क्रममा राति नै गरुडास्थित बेटर नेपाल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी रोहितकुमार शर्मा बढईले जानकारी दिएका छन ।
हुरीले रायको घरको टायलको छानो र बासको बार भएको एकतले कच्ची घर भत्किँदा फूलकुमारीको मृत्यु भएको उनले जानकारी दिए ।
मृतककाे शव परिक्षण पश्चात् अन्तिम संस्कारको लागि परिवारकाे जिम्मा लगाईएकाे र घटनाबारे थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।
