सीआईबी प्रमुख एआईजी मानेज केसीका अनुसार उनी आइतबार बिहान बुढानीलकण्ठबाट पक्राउ परेका हुन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो ।त्यसकै आधारमा अनुसन्धानका लागि खड्कालाई नियन्त्रणमा लिइएको हो ।
२४ भदौमा भएको तोडफोड र आगजनीमा खड्कासहित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निवासबाट जलेका नोटका भग्नावशेष भेटिएका भिडियो तथा तस्बिर बाहिरिएका थिए।
त्यसको विधिविज्ञान प्रयोगशाला परीक्षणबाट पुष्टि भएको थियो।