भारतकाे बराैनीमा हवाई ईन्धन बाेक्ने नेपाली ट्याङकर चालक माथी आक्रमण

गढी न्यूज

बराैनी-भारतकाे बराैनीमा हवाई ईन्धन बाेक्ने नेपाली ट्याङकर चालक माथी आक्रमण भएको छ ।

हवाई ईन्धन चाेरी तस्करी गर्ने लुटेराहरुले नेपाली चालक केशवनाथ यादव, देवेन्द्र यादव र सराेज यादव माथि बराैनी पार्किङमै आक्रमण गरी गम्भीर घाइते बनाउनुका साथै लुटपाट समेत गरेका छन ।

उनीहरूले ईन्धन लुट्न नपाए पछि ज्यान मार्ने धम्की दिदै चालक माथि आक्रमण गरी गम्भीर घाईते बनाएका हुन ।

ती लुटेरा समुहले यसरी नेपाली चालक माथि कुटपिट तथा लुटपाट गर्दै आएका छन ।

Share This Article