
बारा- विद्याकी देवी सरस्वतीकाे मुर्ति शनिवार बाजागाजा सहित विसर्जन गर्दै सेलाईएकाे छ ।
पुजा स्थलबाट ट्रयाकटरमा देवी सरस्वतीकाे मुर्ति राखेर गाउ नगर परिक्रमा गर्दै विद्यार्थीहरुले नजिकैको जलाशयमा लगेर सेलाएका हुन ।
त्यस क्रममा उनीहरुले एकअर्कालाई अविर लगाएर आशिर्वाद साटासाट गरेका थिए ।

प्रत्येक वर्ष बसन्त पञ्चमीका दिन विद्यार्थी जमातले माटोले बनाईएकाे देवी सरस्वतीकाे मुर्ति राखेर श्रद्धा भक्ती पुर्वक पुजाआजा गर्दै आएका छन ।
बारा सदरमुकाम कलैया सहित देशैभरी देवी सरस्वतीकाे पुजाआजा गरिएको थियाे । देशैभरका सरकारी तथा निजी विद्यालय, कलेजमा समेत सरस्वती पुजा गरिएको थियाे ।


