बीरगंजमा मदिरा पसलमा ग्यास विष्फोट भई भीषण आगलागी

गढी न्यूज

बीरगंज- बीरगंज महानगरपालिका वडा नं. ५ अन्तर्गत कुम्हालटोलस्थित रेल्वे रोडमा रहेको एक रक्सि पसलमा खाना पकाउने ग्यास बिस्फोट भएपछि भीषण आगलागी भएको छ।

एक्कासि भएको ग्यास बिस्फोटसँगै आगो फैलिँदा आसपासका पसल र बस्तीमा समेत त्रास फैलिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार पसलभित्र राखिएको खाना पकाउने ग्यास अचानक बिस्फोट भएको हो। बिस्फोटको आवाज टाढासम्म सुनिएको बताइएको छ।
सूचना पाएलगत्तै दमकल, नेपाल प्रहरी , सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
आगलागीबाट मानवीय क्षतिको विवरण भने आइनसकेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले ग्यास प्रयोगमा विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।

Share This Article