
काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन ।
उनले आफ्ना प्रतिद्वन्द्वी ईश्वर पोखरेललाई भारी मतकाे अन्तरले पराजित गर्दै अध्यक्षमा पुन: निर्वाचित भएका हुन ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार नेता ओलीले एक हजार ६६३ मत प्राप्त गरेका छन । अध्यक्ष प्रत्यासी पोखरेलले पाँच सय ६४ मत प्राप्त गरेका हुन ।
त्यसैगरी, महासचिवमा शङ्कर पोखरेल एक हजार २२८ मतका साथ विजयी भएका छन भने उनका प्रतिस्पर्धी सुरेन्द्रप्रसाद पाण्डेले ९९९ मत प्राप्त गरेका थिए छ ।
