पर्सा-२ मा रास्वपाका कानु निर्वाचित

गढी न्यूज

पर्सा- प्रतिनिधिसभा सदस्यतर्फ पर्सा निर्वाचन क्षेत्र नं २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशीलकुमार कानु निर्वाचित भएका छन्।

अन्तिम मतपरिणाम अनुसार कानुले ३० हजार ७ सय ४० मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अजयकुमार चौरसियाले ११ हजार ८ सय ९० मत प्राप्त गरेका छन् । एमालेकी रिमाकुमारी यादवले ११ हजार ६ सय ५ मत पाएकी छन्।

कानुले आफ्नो प्रतिद्वन्द्वीसँग १८ हजार ८ सय ५० मतको फराकिलो अन्तर बनाउँदै प्रतिनिधिसभा सदस्यको रुपमा विजय हासिल गरेका हुन्। निर्वाचन अधिकृतले कानुको निर्वाचित भएको पुष्टि गरेका छन् ।

Share This Article