पुर्व राजा ज्ञानेन्द्रले यसपाली सर्वसाधारणलाई जमरा, टिका नलगाउने

गढी न्यूज

काठमाडौँ-  पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका अवसरमा यो वर्षको टीका तथा जमरा सर्वसाधारणलाई नलगाउने भएका छन् ।

आइतबार दसैँका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आफूले पारिवारिक र सांस्कृतिक रूपमा मात्र यो वर्षको दसैँ मनाउने प्रस्ट पारेका हुन् ।

‘यतिखेर राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा छ । त्यसैले पारिवारिक र सांस्कृतिक रूपमा मात्रै यो पर्व मनाउन हामी बाध्य छौँ,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘हाम्रो आम शुभेच्छुक नागरिक समुदायलाई पनि विगतमा झैं हामीबाट बृहत् रूपमा टीका–जमरा प्रदान नहुने जानकारी गराउँदछौँ ।’

पूर्वराजा शाहले सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास नै रहेको प्रस्ट पार्दै हाम्रो राज्य पद्धति र गतिशील व्यवस्थापनको प्रबन्ध परिपाटीमा जनमनोभावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी रहेको जनाएका छन् ।

Share This Article