भारतले बंगलादेशलाई ४१ रनले हराउदै पुग्याे एसिया कपकाे फाईनलमा

गढी न्यूज
काठमाडौँ —डिफेन्डिङ च्याम्पियन भारतले बंगलादेशलाई ४१ रनले पराजित गर्दै बुधबार ट्वान्टी ट्वान्टी एसियाकपको फाइनलमा स्थान बनाएको छ । यो जितपछि भारत चार अंकसहित सुपर–फोरको शीर्षमा छ ।

यो नतिजाले आयोजक श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ । भारत अहिलेसम्म प्रतियोगिताका सबै खेलमा विजयी रहेको छ । अब बिहीबार पाकिस्तान र बंगलादेशबीच हुने सुपर–फोरको अन्तिम खेलले फाइनल प्रवेश गर्ने दोस्रो टिमको निर्णय गर्नेछ ।

दुबईमा भएको खेलमा भारतले पहिले ब्याटिङ गर्दै छ विकेटमा १ सय ६८ रन बनाएको थियो । त्यसमा ओपनर अभिषेक शर्माले ३७ बलमा ७५ रन बनाए । उनल छ चौका र पाँच छक्का प्रहार गरे । हार्द्धिक पान्ड्याले पनि २९ बलमा ३८ रन जोडे ।

त्यसको जवाफमा बंगलादेश १९.३ ओभर मात्र टिक्यो र १ सय २७ रन बनाएर अलआउट भयो । ओपनर सइफ हसनले ६९ रन बनाए पनि अरू कसैले गतिलो योगदान दिन सकेनन् । भारतका कुलदीप यादव सबैभन्दा सफल बलर रहे, उनले १८ रनमा तीन विकेट लिए ।

Share This Article