बीरगंजकाे बसपार्कबाट बालिकाको उद्धार

गढी न्यूज

 

पर्सा – बीरगंज स्थित बसपार्कबाट आईतवार बाेल्न नसक्ने एक किशाेरीकाे उद्धार प्रहरीले गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले अन्दाजी १५ वर्षीया बोल्न नसक्ने ती बालिकालाई उद्धार गरी मानवसेवा आश्रम वीरगञ्जकाे जिम्मा लगाएको हाे ।

ती किशोरीलाई संरक्षणका लागि मानव सेवा आश्रमकाे जिम्मा लगाईएकाे प्रहरीले जनाएकाे छ ।

सरसफाइपछि डा. भरत गोईज्यूको निगरानीमा ती बालिकाको उपचार गरिने जनाईएकाे छ ।

ती बालिकाकाे उद्धारमा प्रहरी तथा आश्रमका अभियन्ता देवेश गुप्ता लगायतको उपस्थिति रहेको थियो।

Share This Article