सबै सर्वाेच्च निकायमा आगजनी

गढी न्यूज

काठमाडौं । ‘जेन–जी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको छ । सर्वोच्च अदालतमा रहेको गाडीहरुमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिए ।

आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् । त्यस्तै, विशेष अदालत र जिल्ला अदालत काठमाडौंमा समेत आगजनी गरेका छन् ।

महान्यायाधिवक्ता कार्यालय, विशेष अदालत, जिल्ला अदालत काठमाडौंका मुद्दाका काजजात बाहिर निकालेर समेत आगजनी गरिएको छ ।

Share This Article