काठमाडौँ — ५ वर्षपछि भारतले चिनियाँ पर्यटकलाई भिसा दिने भएको छ । बिहीबारदेखि भारतले चिनियाँ पर्यटकलाई भिसा खुलाउने भएको हो ।
बेइजिङिस्थित भारतीय राजदूतावासले वक्तव्य जारी गर्दै अनलाइन प्रक्रिया पूरा गरेपछि चिनियाँ पर्यटकले भिसा आवेदन दिन सक्ने जानकारी दिएको छ । कोभिड महामारी र २०२० को गलवान झडपपछि दुई देशका नागरिकको आवतजावत रोकिएजस्तै थियो । विस्तारै बेइजिङले भारतीय विद्यार्थी र व्यवसायीका लागि भिसा खुला गरे पनि सर्वसाधारणका लागि भने प्रतिबन्ध नै थियो । गत मार्चसम्म भारतीय पर्यटकलाई भिसा दिइएको थिएन ।
उच्च कूटनीतिक वार्तापछि दुई देशबीच सिधा उडान गर्ने सहमति पनि भएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भारतको निर्णयप्रति आभार प्रकट गरे । उनले भनेका छन्, ुभारतले चिनियाँ पर्यटकलाई पुनस् भिसा दिने भएको छ । यो एक सकारात्मक कदम हो । दुवै देशका नागरिकको आवतजावत निकै लाभदायी हुनेछ ।ु
सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा सीमामा तैनाथ सुरक्षाकर्मीबीच भएको झडपले भारत र चीनबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको थियो । उक्त झडमा २० भारतीय र ४ चिनियाँ सैनिक मारिएका थिए ।
गलवान झडपपछि चिसिएको सम्बन्ध सुधार्ने प्रयासमा देखिएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकर सिंगापुर भ्रमणपछि असार अन्तिम साता बेइजिङ पुगेका थिए । जयशंकरले चिनियाँ उपराष्ट्रपति हान चेङ, विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग ९आईडीसीपीसी० का मन्त्री लिउ चिआन्चाओसँग भेटवार्ता गरेका थिए ।
गत अक्टोबरमा यी दुई छिमेकीबीच सीमा नयाँ व्यवस्था लागू गर्ने सहमति भएको थियो । त्यसलगत्तै रुसको कजानमा ब्रिक्स शिखर सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनियाँ राष्ट्रपति सी चिनफिङबीच साइडलाइन भेट भएको थियो । लद्दाख झडपको पाँच वर्षपछि मोदी र सीबीच भएको त्यो पहिलो औपचारिक भेट थियो ।
चीनकै किङदाओमा गत महिना एससीओका रक्षा मन्त्रीहरूको बैठक भएको थियो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले हस्ताक्षर गर्न अस्वीकार गरेपछि बैठक संयुक्त वक्तव्यबिना नै सम्पन्न भएको थियो ।
५ वर्षपछि भारतले चिनियाँ पर्यटकलाई भिसा दिँदै