भुटानी शरणार्थी मुद्दामा सुनुवाइ सुरु

pawan
1 Min Read

काठमाडौ – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको अपराधसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले साक्षीसँग बकपत्र गराउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश कपिलमणि गौतमको इजलासले मुद्दाका साक्षी बुझ्ने आदेश मंगलबार जारी गरेको हो । साक्षीसँग बकपत्रपछि मुद्दालाई निरन्तर सुनुवाइमा लैजाने अदालतको तयारी छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको अपराधको कसुरमा ३० जनाविरुद्ध १० जेठ २०८० मा मुद्दा दायर गरेको थियो । दुई वर्षपछि अदालतले यसको सुनुवाइलाई तीव्रता दिन लागेको हो ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *