बालअधिकारको पक्षमा संवेदनशील देखिएका बाराका तीन पालिकाद्वारा बालकोष बनाउने प्रतिवद्धता

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 985
3 मि. पढ्न लाग्ने समय

बारा– बालअधिकारको रक्षाको सवालमा बाराका तीना वटा गाउपालिका संवेदनशील देखिएका छन । सेभ द चिल्ड्रेनको सहयोगमा बाराको कलैयामा आसमान नेपालद्वारा आयोजित बालबालिका सम्बन्धी नीतिगत व्यवस्था, अवस्था तथा स्थानीय सरकारको आवश्यकता विषयक दुई दिने नीतिगत संवाद कार्यक्रममा सहभागी पालिका प्रमुखले बालकोषको अभावमा सृजना भएको समस्यालाई चाडै समाधान गर्ने आश्वासन समेत दिएका छन ।

संविधानले बालबालिकाको लागी दिएको अधिकार कार्यान्वयन पक्षमा कमजोर देखिएका स्थानीय सरकारलाई बलियो र थप सजग बनाउने उदेश्यले आयोजित उक्त कार्यक्रममा सहभागी पालिका प्रमुख तथा उपप्रमुखले अबको दिशा फरक हुने बताएका छन ।

आ आफ्नो पालिकाका बालबालिकालाई अधिकार सम्पन्न बनाउन आफुहरुले कार्यविधी तयार पार्ने काम सुरु गरीसकेको बताएका छन ।
विद्यालय बाहिर रहेका र बाल श्रमशोषणमा परेका बालबालिकालाई प्रत्यक्ष रुपमा लाभान्वीत बनाउने किसिमको स्थानीय ऐन बनाएर कार्यान्वयनमा ल्याउने प्रतिवद्धता समेत पालिका प्रमुखले गरेका छन ।

बाराको महागढीमाई नागरपालिका, करैयामाई र देवताल गाउपालिकाले भविष्यमा आईपरेका समस्याबाट लड्न पालिका भित्रको बालबालिकालाई कसरी संरक्षण गर्ने बजेट सहितको कार्ययोजना सहितको स्थानीय कानुन बनाउने तयारीमा जुटेको देवताल गाउपालिका प्रमुख उदय प्रसाद यादवले जानकारी दिए ।

उनीहरुले बालकोष संचालन गर्न स्थानीय सरकार संचालन ऐनको अधिनमा रही एक महिनामा कार्यविधी तयार पार्ने प्रतिवद्धता समेत सार्वजनिक गरेका छन । पालिकामा भएको हरेक सेवाक्षेत्रलाई बालमैत्री बनाउन तीनवटै पालिकाका प्रमुखहरुले प्रतिवद्धता समेत गरेका छन ।

कलिलै उमेरमा कुलतमा फसीरहेका बालबालिकाको भविष्य सुधार्न पालिकाले के कस्ता कुरामा ध्यान दिनु पर्छ भने विषयमा आफुहरु धेरै चिन्तित बनेको महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र प्रसाद यादवले बताएका छन ।

‘माया प्रेमको जालमा परेर विद्यालयबाटै केटाकेटी बेपता हुनेक्रम बढेको छ,’ उनले भने, ‘विवाह गर्ने प्रयोजनले उमेर नै नपुगी भाग्ने केटाकेटीले अभिभाव, जनप्रतिनिधी समेतलाई पीडित बनाएका छन ।’ यो विषय पालिकाहरुको सामु ठुलो चुनौती खडा गरेको उनको भनाई छ ।

मधेश प्रदेशका सामाजिक रितीरिवाजलाई बेवास्ता गरी बनाईएको संघिय कानुनकै कारण यहाका अभभिभावक बढी मारमा परेको उनको भनाई छ ।

कार्यक्रममा सहभागी करैयामाई गाउपालिकाका प्रमुख कार्यकारी अधिकृत उदयशंकर चौधरी, महागढीमाई नगरपालिकाकी उप प्रमुख तारा देवी कानु, बालप्रतिनिधीहरु रुची साह, विवेक यादव, आसमान नेपाल खुशी परियोजनाका संयोजक अरविन्द यादव, सेभ द चिलड्रेनकी धनकुमारी भुषाल, लगायतकाले मधेश प्रदेशमै बाल अधिकारको अवस्था दयनिय रहेको भन्दै चिन्ता समेत व्यक्त गरेका छन ।

यो लेख शेयर गर्नुहोस