सर्लाही– सर्लाहीको ब्रम्पुरी गाउपालिकामा खेत जोत्न गएका एक ट्रेक्टर चालकको शुक्रवार मृत्यु भएको छ । चैते धान रोपाई गर्न खेतमा पानी हाल्न संचालन गरिएको विद्युतिय मोटरबाट करेन्ट प्रवाह भई खेत जोत्न आएका ट्रेक्टर चालकलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
ब्रह्मपुरी गाउँपालिका वडा नं. २ पानी हालिएको खेत जोत्ने क्रममा ज १ त ४११४ नम्बरको ट्रेक्टर चालक स्थानीय २७ बर्षिय राजेश पासवानलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भिर बनेका पासवानलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा लगीएको र उनलाई अस्पताल पुर्याएको केही बेरमै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
पासवानको शव परिक्षणको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भईरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।