जनताको सुरक्षामा खटेको प्रहरीले आफ्नै हतियारको सुरक्षा गर्न नसकेको खुलासा

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 3.3k
1 मि. पढ्न लाग्ने समय

अमलेखगंज– अहिले बारामा तरकारी, फलफुल, भाडाकुडा, किराना सामाग्री, लताकपडा लगायतका मालसामान नियन्त्रणमा लिएर बहादुरी देखाईरहेको प्रहरीले आफ्नै हतियारको सुरक्षा गर्न नसकेको रहस्य बाहिरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बारा मातहतमा पर्ने ईलाका प्रहरी कार्यालय अमलेखगंजका प्रमुख वरिष्ठ प्रहरी नायब निरिक्षक पूर्ण बिसीले आफ्नै हतियारको सुरक्षा गर्न नसकेको रहस्य बाहिरिएको हो ।

वरिष्ठ प्रनानि बिसीले बोकेको सर्विस रिवाल्वर (अटोमेटिक पेस्तोल) सोमवार देखी गायब भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी दधीराम न्यौपानेले जानकारी दिए । उक्त पेस्तोल भिरेर रात्री गस्तीमा निस्केका बिसी कार्यालयमा फर्किदा पेस्तोल गायब भएको जानकारी पाईएको उनले जानकारी दिए ।

सई बिसी सोमवार राति गस्तीमा निस्केको र सोही क्रममा उनले बोकेको गोली लोड गरिराखेको पेस्तोल हराएको प्रहरीले जनाएको छ । १० राउण्ड गोली लोड रहेको अवस्थामा पेस्तोल हराएको प्रहरीले जनाएको छ ।

पेस्तोल गायब बनाउने प्रनानिलाई निगरानीमा राखेर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । गस्तीमा निस्केका प्रनानी बिसीले मदिरा सेवन गरी लठ् पर्दा पेस्तोल सम्हाल्न नसकेको प्रहरी श्रोतले जनाएको छ ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस