रौतहट- रौतहटको चन्द्रपुर नगरपालिकाको डुमरिया स्थित सडक खण्डमा आईतवार विहान मोटरसाइकल दुर्घटनामा परेर चालकको गम्भीर घाइते भएका छन् ।
गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने चन्द्रपुर नगरपालिका–९ डुमिरया स्थित कवरगाहमा चन्द्रपुरबाट गौर तर्फ आउदै गरेको बा. ४० प. ६६०९ नम्वरको मोटरसाइकल दाया साइडको पिलरमा ठोक्किएर दुर्घाटना हुँदा मोटरसाइकल चालक गरुडा नपा ९ का २१ बर्षीय अर्जुन चौधरी गम्भीर घाइते भएका हुन् ।
चौधरीको मुखमा चोट लागेको हुँदा निजको चन्द्रपुर अस्पताल उपचार भईरहेको तथा मोटरसाइकल तीन टुक्रामा विभाजित अवस्थामा फेला परेको हुदा मोटरसाइकलको स्पीड कतिको होला भने अनुमान गर्न सकिन्छ ।
यस विषयमा आवश्यक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय डुमरियाले जनाएको छ ।