बारा- नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ। ‘ब्रह्मा’ को अर्थ तपस्या अर्थात कठोर तप गर्ने भन्ने बुझिन्छ। ब्रह्मचारिणी देवीले शिरमा अर्धचन्द्र र नाना प्रकारका आभूषण धारण गरेकी छन्। दाहिने हातमा जपमाला र बाँया हातमा कमण्डलु लिएकी छन्।
ब्रह्मचारिणीको कठोर तपस्या देखेर माता मेनका चिन्तित भइन् र छोरीलाई रोकिन आग्रह गरिन् तर उनले अडिग रहिन्। यस तपस्याले तीनै लोकमा हाहाकार मच्चियो र देवता, ऋषि, मुनीहरू सबैले उनको प्रशंसा गरे। अन्ततः पितामह ब्रह्मा प्रशन्न भई भने, ूहे देवी, आजसम्म कसैले पनि यस्तो कठोर तपस्या गरेका थिएनन्। तिम्रो मनोकामना पूरा हुनेछ र चाँडै नै भगवान महादेव पति स्वरूप तिमीलाई प्राप्त हुनेछौ,ू भनी आशीर्वाद दिए।
ब्रह्मचारिणीको साधना तप, त्याग, वैराग्य, आत्मबल, धैर्य र ज्ञान वृद्धिका लागि गरिन्छ। विद्यार्थी, साधक र योगीहरूको लागि विशेष फलदायी मानिन्छ। भक्तजनहरूले उनको आराधना गरेमा आयु, शक्ति, भौतिक सुख र दाम्पत्य सुख प्राप्त हुने विश्वास छ। श्रद्धा भक्तिले अर्पण गरिएका फलफूल, पकवान र पुष्प ब्रह्मचारिणीलाई प्रिय छन्।
शास्त्रीय मान्यता अनुसार कुनै पनि प्रकारको बन्धन वा अनिष्ट नाशका लागि आश्विन शुक्ल द्वितीयाको दिन ब्रह्मचारिणी माताको पूजा गरी सख्खर चढाउनुपर्छ। यस दिन गरिएको दानपुण्यले शुभफल प्राप्त हुन्छ।
ब्रह्मचारिणी देवीको पूजाविधि यसप्रकार छस् देवीलाई फूल, अक्षत, रोली र चन्दन अर्पण गर्नुपर्छ। दूध, दही, सख्खर, घृत वा मधुले स्नान गराई प्रसाद चढाउनुपर्छ। प्रसादपछि आचमन, पान र सुपारी अर्पण गरी देवीलाई प्रदक्षिणा गर्नुपर्छ। कलश देवता, नवग्रह, दशदिक्पाल, नगरदेवता र ग्रामदेवतासहित पूजा गरी अन्त्यमा हातमा फूल लिएर प्राथना गर्नुपर्छ।
भक्तिपूर्वक गरिएको ब्रह्मचारिणीको आराधनाले अनन्त शुभफल प्राप्त हुने धार्मिक विश्वास छ।
ब्रह्मचारिणी मन्त्र:
या देवी सर्वभूतेषु माँ ब्रह्मचारिणी रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
दधाना कर पद्माभ्याम अक्षमाला कमण्डलू ।
देवी प्रसीदतु मई ब्रह्मचारिण्यनुत्तमा ।।
ब्रह्मचारिणी ध्यान:
वन्दे वांछित लाभायचन्द्रार्घकृतशेखराम् ।
जपमालाकमण्डलु धराब्रह्मचारिणी शुभाम ।।
गौरवर्णा स्वाधिष्ठानस्थिता द्वितीय दुर्गा त्रिनेत्राम ।
धवल परिधाना ब्रह्मरूपा पुष्पालंकार भूषिताम् ।।
परम वंदना पल्लवराधरां कांत कपोला पीन ।
पयोधराम् कमनीया लावणयं स्मेरमुखी निम्ननाभि नितम्बनीम् ।।
ब्रह्मचारिणी स्तोत्र पाठ:
तपश्चारिणी त्वंहि तापत्रय निवारणीम् ।
ब्रह्मरूपधरा ब्रह्मचारिणी प्रणमाम्यहम् ।।
शंकरप्रिया त्वंहि भुक्ति–मुक्ति दायिनी ।
शान्तिदा ज्ञानदा ब्रह्मचारिणीप्रणमाम्यहम् ।।
ब्रह्मचारिणी कवच :
त्रिपुरा में हृदयं पातु ललाटे पातु शंकरभामिनी ।
अर्पण सदापातु नेत्रो, अर्धरी च कपोलो ।।
पंचदशी कण्ठे पातुमध्यदेशे पातुमहेश्वरी ।।
षोडशी सदापातु नाभो गृहो च पादयो ।
अंग प्रत्यंग सतत पातु ब्रह्मचारिणी ।