बारा- बारामा घरेलु मदिरा सेवन गरी बिरामी भएका तीन युवकको मृत्युु भएकाे छ ।
बाराको सुवर्ण गाउपालिका वडा नं. ३ पचगछिया निवासी तिनै जना युवकको मृत्यु भएकाे सुवर्ण गाउपालिकाका अध्यक्ष राजेश यादवले जानकारी दिए ।
स्थानीय ४५ वर्षिय गाेपाल यादव, २७ वर्षिय रविशंकर यादव र ५० वर्षिय अजमुल मियाकाे मृत्युु भएकाे वडाध्यक्ष रामक्षेत्री यादवले जानकारी दिए ।
गाउकै रामपुकार यादवकाे मदिरा पसलमा तिनै जना शनिवार साझ मदिरा सेवन गरेका थिए ।
उनीहरुकाे मुखबाट रयाल काढ्ने समस्या देखिएकाे स्थानीयले बताएका छन ।
आईतवार मध्यान्ह १२ बजे देखी उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर देखिएको थियाे । अपरान्ह ३ बजे सम्म उनीहरुको स्वास्थ्यमा सुधार नदेखिएपछि उपचारकाे लागी आफन्तले अस्पताल लगेका थिए । तर अस्पताल नपुग्दै तीनै जनाकाे बाटोमै मृत्यु भएकाे स्थानीयले जानकारी दिए ।
मृतक तिनै जनाकाे शव परिक्षण नगरी साेमवार रातिनै अन्तिम संस्कार गरिएको स्थानीयले बताएका छन ।
मृत्युको कारण मंगलबार सम्म पता नलागेकाे र स्थानीय प्रहरी समेत घटनाबारे बेखबर रहेकाे छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख सन्ताेष तामाङले मृतकको अन्तिम संस्कार गरी सकेपछि मात्र प्रहरीमा सूचना आएकाे जानकारी दिए ।
बारामा घरेलुु मदिरा सेवन गरेका तीन युवककाे मृत्यु