बारा-सोमबार भएको जेनजीको आन्दोलन र मंगलबारको प्रदर्शनका कारण उत्पन्न परिस्थितिपछि देशभरको जनजीवन अझै पुर्ण रुपमा सहज भइसकेको छैन ।
शुक्रबार पनि धेरैजसो जिल्लामा स्थानीय प्रशासन कर्फ्यू र निशेधाज्ञा जारी गरेको छ । तर पनि बारा सहित केही जिल्लामा निशेधाज्ञाकै बीच जनजीवन सामान्य बन्दै गएको छ । तीन दिनदेखि बन्द रहेका बजारमा चहलपहल हुन थालेको छ ।
बर्दियामा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म निशेधाज्ञा छ । शुक्रबार सरकारी कार्यालय र बित्तिय संस्थाहरु संचालनमा आएका छन् । शिक्षण संस्थाहरु आइतबारबाट सञ्चालनमा ल्याइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
रुपन्देहीको जनजीवन सामान्य बन्दै गएको छ । स्थिति सामान्य भएकाले निषेधज्ञा र कर्फ्यू हटाइएको प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेको जानकारी दिए ।
सुर्खेतमा बिहीबार साँझदेखि लगाइएको कर्फ्यू हटाइएको छ । शुक्रवार बिहान साढे ११ बजेबाट साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । सुब्बाकुनादेखि पश्चिम बाङ्गेसिमलसम्म रत्न राजमार्गको उत्तर क्षेत्र उपत्यका सबै र दक्षिणतर्फ रत्न राजमार्गको ३०० मिटरभित्र निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले बताए । साँझ ५ बजेपछि अवस्था हेरेर निर्णय गरिने उनले बताए ।
रामेछापमा शुक्रबार बिहान ६ बजेदेखि सा“झ ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले पाँच जनाभन्दा बढी भेला भएर विरोध कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको जानकारी दिए ।
निषेधाज्ञा भए पनि सदरमुकाम मन्थली बजार विस्तारै सामान्यतर्फ फर्कन थालेको छ । बजारमा पसल व्यवसाय खुल्न थालेका छन् भने आवतजावत बढ्दै गएको छ ।
सल्यानमा जिल्लाभरी बिहान ११ बजेदेखि ४ बजेसम्म निशेधाज्ञा छ । ५ जना भन्दा बढी भेला हुन रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।
सर्लाही सदरमुकाम मलंगवा आसपासका क्षेत्रमा कफ्र्यू लगाइएको छ भने त्यसबाहेक जिल्लाभर निशेधाज्ञा छ । जिल्ला प्रशासन बाराले शुक्रबार कलैया उपमहानगरपालिका क्षेत्रभरि बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।
सप्तरी प्रशासनले शनिबार बिहान ६ बजेसम्मका लागि निशेधाज्ञा र कफ्र्यू जारी गरेको छ । उत्तरमा उदयपुर, पूर्वमा सुनसरी, दक्षिणमा भारत र पश्चिममा सिरहाको सिमानालाई चारकिल्ला तोकिएको छ ।
शुक्रबार बसेको सुरक्षा समिति बैठकको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ संसोधनसहितको दफा ६ अनुसार हुने गरी ६(३) बमोजिम निषेधाज्ञा र सोही ऐनको ६ (क) बमोजिम शनिबार बिहान ६ बजेसम्मका लागि अर्को आदेश नभएसम्म कफ्र्यू जारी भएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले सूचना जारी गर्दै जानकारी गराएका हुन् ।
पर्वतमा कर्फ्यू खुकुलो बनाइएको छ । बुधबार राति १० बजेदेखि लगाइएको कफ्र्यू शुक्रबारदेखि खुकुलो बनाइएको हो । बिहान ६ बजेदेखि ११ र बेलुकी ५ देखि ७ बजेसम्म हिँडडुल गर्न दिइएको छ । जिल्ला प्रशासन डडेल्धुराले निषेधाज्ञा र कफ्र्यू दुवै आदेश जारी गरेको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निषेधाज्ञा लागू गर्ने र त्यसपछि शनिबार बिहान ६ बजेसम्म कफ्र्यू आदेश जारी गर्ने निर्णय गरेका हुन् । अमरगढी नगरपालिका–५ को बागबजार, तुफानडाँडा र जिल्ला प्रहरी कार्यालय आसपास, जिल्ला प्रशासनदेखि टुँडिखेल क्षेत्र र अमरगढी–८ को कीर्तिपुर क्षेत्रलाई निषेधाज्ञा तथा कर्फ्यू क्षेत्र तोकिएको छ ।
निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामका लागि मात्रै सर्वसाधारणलाई आवतजावत गर्न दिइएको छ । तीन जनाभन्दा बढी भेला हुन नपाइने, कुनै पनि प्रकारको जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाइने प्रशासनको आदेश छ ।
शुक्रबार दिउँसो ३ बजेदेखि शनिबार बिहान ६ बजेसम्म भने पूर्ण कर्फ्यू लागू हुनेछ । यस अवधिमा तोकिएका क्षेत्रभित्र अनावश्यक आवतजावत पूर्णरूपमा प्रतिबन्धित रहनेछ । प्रमुख जिल्ला अधिकारी गौतमले आदेश उल्लंघन गर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनी दिएका छन् ।
कर्फ्यू र निशेधाज्ञाका बीच देशैभरकाे जनजिवन सामान्य बन्दै सामान्य