मधेश प्रदेशका ८ जिल्लाको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक मन्त्री यादव

गढी न्यूज

पर्सा – खानेपानीमन्त्री प्रदीप यादवले मधेश प्रदेशका आठ वटा जिल्लाको खानेपानी सङ्कट समस्या समाधानका लागि सबै क्षेत्रको साझा जिम्मेवारी आवश्यक रहेको बताएका छन ।
पर्साको ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न भएको निर्मल बस्ती खानेपानी आयोजना उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री यादवले तराईरमधेशका जिल्लाहरूले अहिले गम्भीर जलसङ्कटको सामना गरिरहेका बताए ।
अब सहानुभूति मात्र नभई साझा जिम्मेवारी आवश्यक रहेकोमा उनले जोड दिए ।
मन्त्री यादवले दातृ निकाय, सङ्घ–संस्था र नागरिक समाजलाई आवश्यक सहयोग गर्न पनि आह्वान समेत गरे ।
निर्मल बस्ती आयोजना मार्फत ठोरीका दुई हजार भन्दा धेरै नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए ।

Share This Article