दुम्कीवास डाईभर्सनबाट सवारी आवत जावत सुरु

pawan
1 Min Read

नवलपरासी —दुम्कीवासको विनयी खोलामा डाइभर्सन निर्माण गरेर मंगलबार दिउँसोबाट यातायात सञ्चालनमा ल्याइएको छ । खोलामा पानीको सतह घटेपछि त्यहाँ डाइभर्सन निर्माण गरेरे यातायात सञ्चालनमा ल्याइएको हो।

तीन दिनअघि विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएको इलाका प्रहरी कार्यालय दुम्कीवासका इन्स्पेक्टर राजन तिमिल्सिनाले जानकारी दिए। डाइभर्सन बगाएपछि वारपार हुन नसकेर दुम्कीवास र बर्दघाटमा रोकिएका सयौँ मालवाहक ट्रक र लरी गन्तव्यतर्फ लागेका छन्। डाइभर्सनमा मंगलबार दिउँसो पौने ४ बजेदेखि यातायात सञ्चालन भएको हो।

पूर्वी नवलपरासीको महेन्द्रराजमार्गमा पर्ने दुम्कीवासस्थित विनयी खोलाको फलामे पुल भाँचिएको ६ महिनाको अवधिमा यहाँ ११ पटक डाइभर्सन निर्माण गरिएको थियो । तिमिल्सिनाका अनुसार ति सबै डाइभर्सन बाढीले बगाएको थियो। बाढी आउनासाथ बगाउने र पानी सुक्नासाथ डाइभर्सन निर्माण गरेर मालवाहक र लामो दुरीका गाडी वारपार गराइँदै आएको थियो।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *