दुबईमा ७५ हजारभन्दा बढीलाई बन्धक बनाइएको राप्रपा सासंद शाहीको दाबी

pawan
1 Min Read

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले ७५ हजारभन्दा धेरैलाई दुबईमा बन्धक बनाइएको दाबी गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले यस्तो दाबी गरे पनि तथ्याकंको स्रोतबारे केही बताएनन् ।
शाहीले दुबई कतार र साउदी अरबमा नेपालीहरुलाई बन्धक बनाइएको भन्दै भिजिट भिसा प्रकरण आजको विषय मात्रै नभएकाले जरोदेखि टुप्पोसम्मका सबैको छानबिन गर्नुपर्ने बताए ।
उनले भने,आज हामीले उनीहरुको चीत्कार सुन्नुपर्छ कि पर्दैन ? आज भिजिट भिसा प्रकरणको जरोदेखि टुप्पोसम्म छानबिन हुनुपर्छ कि पर्दैन ? ती व्यक्तिहरु मन्त्री, प्रधानमन्त्री जो भएपनि कारबाही गर्नुपर्छ कि पर्दैन ?उनले राजनीतिक दाउपेच बिर्सेर संसदीय समिति बनाएर भिजिट भिसा प्रकरणका दोषीलाई कारबाही गर्नुपर्ने बताए । सरकारले संसदमा संख्याका आधारमा हेप्ने र दम्भ देखाउने काम गरिरहेको समेत उनले आरोप लगाए ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *