देशैभर आज मनाईयाे भाईटिका चाँड, राष्ट्रपति पौडेलले पनि लगाए बहिनीको हातबाट टिका

गढी न्यूज

धुमधामका साथ देशैभर मनाईयाे भाईटिका

पवन यादव

काठमाडौ- आज देशैभर धुमधामका साथ भाईटिका चाँड मनाईएकाे छ । भाईबहिनीले एक अर्कालाई टिका र मखमली माला लगाएर भाईटिका मनाएका हुन ।

यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पनि बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका हुन ।

राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३९ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटका लागि निर्धारण गरेको थियो ।

भाइटीकाको उत्तम साइत तय गरिए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

परमपरा देखी यमपञ्चकको अन्तिम दिन अर्थात आजकाे दिन दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने चलन चलीआएको बुढापाकाले जानकारी दिए ।

Share This Article