काठमाण्डौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–आन्दोनमा दमन गरेको आरोपमा कार्की आयोगको सिफारिसमा पक्राउ परेका पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
केही बेरअघि सामाजिक सञ्जालमा पक्राउको विरोध गर्दै उनले सरकारको यो कदम पूर्वाग्रह र प्रतिशोधपूर्ण रहेको आरोप लगाएका छन् । साथै उनले यो प्रतिशको मूल्य धेरै महँगो पर्ने चेतावनीसमेत दिएका छन् । उनले भनेका छन्, ‘पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ। जिम्मेवार बन, अविलम्ब रिहा गर’