बारामा सशस्त्र प्रहरीले कडाइ गरेपछि पाँच लाखकाे मालसामान बरामद

गढी न्यूज

बारा – खुल्ला सिमानाकाे फाईदा उठाई लुकिछिपी तस्करी गरिदै आएकाे अवैध मालसामानलाई सशस्त्र प्रहरीले कडाइसाथ नियन्त्रण गर्न थालेकाे छ ।

सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका विभिन्न युनिटले हालै जिल्लाकाे विभिन्न स्थानबाट करीब पाँच लाख रुपैयाँ मुल्यबराबरको कपडा, ओैषधी, हार्डवेयर, किराना लगायतका माल सामान बरामद गरेको हाे ।

वि.ओ.पि. गोलागंजले सिम्रौनगढ ७ कवलपुर सीमा क्षेत्रवाट मोटरसाइकल सहित एक लाख ६५ हजार रुपैया बराबरको अवैध औषधि र हार्डवेयर सामान बरामद गरेको छ।

⁠प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातिको टोलीले रू ५२ हजार रुपैयाँ बराबरको किराना आईटम बरामद गरेको छ।

त्यस्तै ⁠सुरक्षा वेश बरियारपुरको टोलीले हर्नैया र पसाहा चोकवाट रू एक लाख ६० हजार बराबरको किराना आईटम बरामद गरेको छ। ⁠प्रस्तावित सीमा सुरक्षा गुल्म मटेर्वाको टोलीले कलैया १० मटेर्वा सीमा क्षेत्रवाट रू २१ हजार मूल्य बराबरको टेम्पर ग्लास बरामद गरेको छ।

त्यसैगरी विश्रापपुर गाउँपालिका – ३ सीमा ईलाकावाट बि.ओ.पि.बरैनियाको टोलीले अबैधरुपमा भारतबाट मोटरसाइकलको प्रयोग गरि नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी २५ हजार मूल्य बराबरको झिङ्गा माछा सहित मोटरसाइकल नियन्त्रणमा लिएको छ।

उक्त झिंङ्गा माछा र मोटरसाइकल एक लाख ८५ हजार मूल्य बराबरको रहेको सशस्त्र प्रहरी बल नं. १२ गण बाराका गणपति एवम् प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिएका छन्।

गणपति केसीका अनुसार मातहतका विभिन्न सशस्त्र प्रहरी युनिटले बरामद गरेकाे माल सामानलाई आवश्यक कानुनी कारवाहीका लागि सम्बन्धित निकायकाे जिम्मा लगाईएकाे छ । खुला नाकाको तस्करले फाइदा उठाउने प्रयास गरेपनि सिमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले त्यसलाई राेक्ने काममा कुनै कन्जुस्याइँ नगरेकाे उनले दाबी गरेका छन ।

Share This Article