काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई साढे चार अर्ब रुपैयाँ फाइदा भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युत्मा यस वर्ष साढे चार अर्ब रुपैयाँ फाइदा गरेको बताए ।
ुहामीले यस वर्ष साढे चार अर्ब फाइदा ९आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात० गर्ने सफलता पाएका छौँ । हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ,ु प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले विगतमा बिजुलीको आमप्रयोगमा विद्युत्भार कटौती हटे पनि उद्योगमा विद्युत् कटौती गरिँदै आएकामा अब उद्योगमा पनि विद्युत् प्रवाह बढाइएको उल्लेख गरे ।
विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा : प्रधानमन्त्री ओली