बारा- तेस्रो लिङ्गी र किन्नर समुहले आपसी विवादका कारण जिल्ला प्रहरी कार्यालय अगाडी अभद्र प्रदर्शनमा उत्रिएपछि प्रहरीले लाठीचार्ज गरेकाे छ ।
दुबै समुहले जिल्ला प्रहरी कार्यालय अगाडि नाङ्गै प्रदर्शनमा उत्रिए पछि प्रहरीले त्यसलाई राेक्न लाठी चार्ज गरेकाे हाे ।
बाराको सदरमुकाम कलैयामा किन्नर र तेस्रो लिङ्गी समूहबिच आपसी विवाद भएको बताईएकाे छ ।
विवाद बढ्दै गएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एकजना तेस्रो लिङ्गीलाई नियन्त्रणमा लिएको छ।
आफ्ना साथीलाई नियन्त्रणमा लिएको विरोधमा आक्रोशित बनेका तेस्रो लिङ्गी र मपुते (मङ्गलमुखी पुरुष तेस्रो लिङ्गी) हरूले जिल्ला प्रहरी कार्यालय बाराको मुख्य गेट अगाडि उग्र प्रदर्शनमा उत्रिएपछि प्रहरीले वाध्यभई लाठीचार्ज गरेकाे सुरक्षाधिकारीले बताएका छन ।

प्रदर्शनका क्रममा कतिपय आन्दोलनकारीहरूले सडकमै कपडा खोलेर नाङ्गै प्रदर्शन गर्दै प्रहरी प्रशासनविरुद्ध चर्को नाराबाजी समेत गरेका छन्।
पक्राउ परेका व्यक्तिलाई बिनासर्त तत्काल रिहा गर्नुपर्ने माग राख्दै आन्दोलनकारीहरूले जिल्ला प्रहरी कार्यालय अगाडिको सडक क्षेत्र केही बेर तनावग्रस्त बनाएका थिए। घटनाको विस्तृत विवरण र विवादको मुख्य कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ।
