पर्सामा एक सय ७६ किलाे लागु ओैषध गाँजा सहित चालक पक्राउ

गढी न्यूज

बीरगंज- जेन-जी आन्दोलन पछि माैलाएकाे अराजकतासंगै चाेरी तस्करीका घटनामा पनि वृद्धि भएकाे छ ।
लागु ओैषध गाजा तस्करीमा संलग्नहरुकाे मनाेबल बढेकै कारण ठुलाे परिमाणमा लागु ओैषध गाँजा बाेकेर प्रहरी प्रशासनलाई चुनाैती दिदै बा २१ च ७८५५ नम्बरको पिकअप रामेछाप जिल्ला खाँडाडेवी गाउँपालिका– १ निवासी सुबराज श्रेष्ठले कुदाउदै आईरहेका थिए ।
विशेष सूचनाकाे आधारमा प्रहरी चौकी श्रीसिया ड्राइपोर्टका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक श्यामबाबु यादव नेतृत्वको टोलीले एम्बुस थापेर पिकपलाई राेकेका थिए ।
प्रहरी टाेलीले वीरगन्ज महानगरपालिका– १७ कोनियाबाट अलौ तर्फ जाने क्रममा सोमबार राति करीब ८ बजे राेकिएकाे पिकपलाई चेकजाँच गर्ने क्रममा एक सय ७६ किलाे गाँजा बरामद गरेको थियाे ।
पिकअप गाडीको पछाडि राखिएको बोरामा १२ पोकामा लुकाइएको अवस्थामा उक्त गाँजा बरामद भएको प्रहरी निरीक्षक अमृत बस्नेतले जानकारी दिए।
गाँजा बरामद भएपछि पिकप र चालक श्रेष्ठलाई नियन्त्रणमा लिईएकाे प्रनि बस्नेतले जानकारी दिए ।
नियन्त्रणमा लिईएका गाँजा, पिकप र चालकलाई थप अनुसन्धान र कानुनी कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय पर्सा बीरगंमा ल्याईएकाे छ ।
पर्सा राष्ट्रिय निकुञ्ज हुदै भित्रिएकाे गाँजा बीरगंजसम्म पुर्‍याउनमा नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाकाे विभिन्न युनिटले सघाएको स्थानीयले बताएका छन ।
रातमा प्रहरी चेकिङ्ग कम भएकाले तस्करलाई गाँजा ओसारपसार गर्न सजिलो भएकाे स्थानीयकाे भनाइ छ ।

Share This Article