काठमाडौँ — हिउँदमा खोला तथा नदीमा पानीको बहाव घटेर बिजुली उत्पादन कम हुने भएकाले आन्तरिक माग धान्न नेपालले बर्सेनि भारतबाट विद्युत् आयात गर्दै आएको छ ।
पछिल्लो समय भारतले ६ सय ५४ मेगावाट बिजुली भारतीय इनर्जी एक्सचेन्ज आईएक्सको प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई १७ चैतसम्मका लागि अनुमति नवीकरण गरेको छ । जुन आगामी मंगलबारसम्म मात्रै लागू हुनेछ । बुधबारदेखि आईएक्समार्फत बिजुली ल्याउन भारतले फेरि अनुमति नवीकरण गरिदिनुपर्नेछ ।
प्राधिकरणले चौबीसै घण्टा आरटीसी ढल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत ६ सय मेगावाट र टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६ सय ५४ मेगावाट बिजुली प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको छ । हालसम्म भारतले नवीकरण गरेको जानकारी नपठाएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए ।
‘हरेक पटक म्याद सकिन लाग्दा अन्तिममा मात्रै नवीकरण गरिदिने गरेको छ । यस वर्ष पनि त्यस्तै हुन्छ,’ ढकालले भने । तर भारतले आयात अनुमति नवीकरण गरिदिँदा आरटीसी मोडमा गर्छ कि सोलार आवरमा, प्राधिकरण अनभिज्ञ छ ।
प्राधिकरणले औसतमा ४ सय मेगावाट बिजुली आयात गर्दै आएको छ । गर्मी सुरु भएयता नेपालमा पनि विद्युतीय उपकरणको प्रयोग बढ्दा मुलुकमा पनि बिजुलीको माग बढिरहेको प्राधिकरणले जनाएको छ ।मंसिर २०८१ मा हिउँदमा बिजुली आयात गर्ने अनुमति दिँदा भारतले २ चैतसम्म दिनको २० घण्टा र चैत ३ देखि २०८२ असार १६ सम्म सोलार आवर ९बिहान ६ देखि साँझ ६ बजेसम्म मात्रै आयात गर्ने अनुमति दिएको थियो ।
३ चैत २०८१ यता प्राधिकरणले दैनिक १२ घण्टा बिजुली आयात गर्दै आएकामा चैत १५ मा दैनिक १६ घण्टा बिजुली आयात गर्ने अनुमति दिएको थियो । त्यसपछि बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म र राति ११ बजेदेखि बिहान ४ बजेसम्म बिजुली आयात गरेको थियो । अहिले अनुमति नवीकरणसँगै कसरी गर्छ भन्ने प्रश्न रहेको ढकाल बताउँछन्
गत वैशाखमा मागअनुसार भारतबाट बिजुली नआउँदा उद्योगमा आंशिक बिजुली कटौती गरेको थियो । भारतमा आईपीएल जारी रहँदा माग बढेकाले आईएक्सको दररेट पीईसीको दररेटभन्दा बढी भएकाले बिहारसँग जोडिएका १३२ केभी लाइनबाट अधिकतम प्रयास गर्दासमेत विद्युत् प्राप्त हुन नसकेको प्राधिकरणले नै भनेको थियो ।
इन्डियन प्रिमियर लिग आईपीएल, बढ्दो तापक्रमलगायत विभिन्न कारणले भारतमै माग उच्च हुँदा नेपालले चाहे जति बिजुली किन्न नपाउँदा औद्योगिक क्षेत्रमा बिजुली कटौती गरिएको भन्दै प्राधिकरणले विज्ञप्ति जारी गरेको थियो । भारतमा यस पटक पनि शनिबारदेखि आईपीएल सुरु भएको छ । अर्कोतिर नेपालमा पनि माग बढेको छ । गत फागुन ११ मा १८ सय ६२ मेगावाट रहेको माग चैत ११ मा १९ सय ८ मेगावाट पुगिसकेको छ ।
प्राधिकरणले औसतमा ४ सय मेगावाट बिजुली आयात गर्दै आएको छ । गर्मी सुरु भएयता नेपालमा पनि विद्युतीय उपकरणको प्रयोग बढ्दा मुलुकमा पनि बिजुलीको माग बढिरहेको प्राधिकरणले जनाएको छ । सुक्खायाममा ऊर्जा सुरक्षा नै चुनौती रहेको भन्दै सरकारले जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना अघि बढाउनुको विकल्प नरहेको जानकार बताउँछन् ।
प्राधिकरणले आईएक्सको डे–अहेड र रियल टाइम बजारमा प्रतिस्पर्धामार्फत बिजुली खरिद गर्दै आएको छ । यसअनुसार खरिद गर्ने अघिल्लो दिन नै मूल्य र परिमाणसहित ‘बिडिङ’ हुन्छ । प्राधिकरणले द्विपक्षीय सम्झौतामार्फत भारतको पावर ट्रेडिङ कम्पनी ९पीटीसी इन्डिया० सँग १ सय ८० मेगावाट बिजुली प्रतियुनिट ६।९५ भारुमा खरिद गर्ने सम्झौता गरेको थियो । यो जनवरी २०२६ देखि मे ३१ सम्मका लागि थियो । यो सम्झौता विवादित भए पनि प्राधिकरणले बिजुली आयात गर्दै आएको छ ।
भारतसँगको अनौपचारिक कुराकानीमा विद्युत् मन्त्रालयले अप्रिल महिनाका लागि आयात अनुमति नवीकरण गरिसकेको जानकारी आए पनि शुक्रबारसम्म पत्र आइनसकेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । ‘अप्रिलका लागि आरटीसीमै नवीकरण भयो भन्ने छ,’ उनले भने, ‘पत्र आएपछि नै थाहा हुन्छ ।’ पिक आवरबाहेक अन्य समयमा शनिबार ७० मेगावाटसम्म निर्यात गरेको शाक्यले जनाए । ‘पानी परेका कारण खोलाको बहाव बढेकाले शनिबार बिजुली निर्यात गरिरहेका छौं,’ उनले भने, ‘पिक समयमा मात्र आयात गरिरहेका छौं ।’
प्राधिकरणले नेपाल–भारत विद्युत् आदानप्रदान समिति ९पीईसी० को १७ औं बैठकले १३२ केभी प्रसारण लाइनमार्फत खरिद गरिने बिजुलीको दर प्रतियुनिट ८।२२ भारु १३ रुपैयाँ १५ पैसा०, ३३ केभीमा प्रतियुनिट ८।९१ भारु ११ रुपैयाँ ५८ पैसा० तथा ११ केभी स्तरमा प्रतियुनिट ९।५५ भारु १५ रुपैयाँ २८ पैसा कायम गरेको छ । पीईसीमार्फत नेपालले ३५० मेगावाट बिजुली आयात गर्न सक्नेछ । चैत–वैशाख महिनामा पर्ने सुक्खा मौसममा नेपालको विद्युत् आपूर्ति व्यवस्थापनलाई थप सुदृढ बनाउने प्राधिकरणले अपेक्षा गरेको छ ।
प्राधिकरणले यही सुक्खायामलाई मध्यनजर गर्दै खुला प्रतिस्पर्धी दरबाट बिजुली आयात गर्न दुई पटक सूचना जारी गरेको थियो । प्राधिकरणले १९ जनवरीमा यही सुक्खायामका लागि भारतबाट १०० मेगावाट बिजुली खरिद गर्ने भन्दै प्रस्ताव मागेको थियो । प्राधिकरणले फेब्रुअरीदेखि मार्चसम्म प्रतियुनिट ६।६० भारु र अप्रिल र मेका लागि प्रतियुनिट ६।९० भारु बढी नहुने गरी प्रस्ताव मागेको थियो । २८ जनवरीसम्म आवेदन दिन भन्दै सूचना जारी गरे पनि त्यति बेला कुनै प्रस्ताव परेको थिएन ।
प्राधिकरणले सुक्खायाममा प्रणालीको आवश्यकताअनुसार विद्युत् आयात गर्दै आएको छ । त्यसकारण प्राधिकरणले १३ फेब्रुअरीमा १ सय मेगावाट बिजुली अप्रिल र मे महिनाका लागि खरिद गर्ने भन्दै प्रस्ताव माग गरेको थियो । त्यतिबेला प्राधिकरणले २२ फेब्रुअरीसम्म प्रस्ताव पेस गर्नुपर्ने भनेको थियो । तर प्राधिकरणले २१ फेब्रुअरीमा सूचना संशोधन गर्दै २७ फेब्रुअरीसम्म म्याद तोकिएको थियो । १ अप्रिलदेखि ३१ मेसम्म खरिद गर्ने बिजुलीको प्रतियुनिट दर ६।९० भारुभन्दा बढी हुन नहुने प्राधिकरणले तोके पनि कुनै प्रस्ताव परेन ।
तत्कालीन ऊर्जामन्त्री कुलमान घिसिङको अध्यक्षतामा गत १५ पुसमा बसेको प्राधिकरण बोर्ड बैठकले सुक्खायाममा १ सय मेगावाट विद्युत् खुला प्रतिस्पर्धामार्फत खरिद गर्न १० दिनको समयावधि दिई सार्वजनिक सूचनामार्फत आवश्यक परे आयोगको सहमति लिई क्याटागोरी १ का भारतीय ट्रेडर व्यापारिक कम्पनीहरूसँग सिलबन्दी कोटेसन प्रस्ताव माग गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्राधिकरणले प्रस्ताव माग गरेको थियो ।
प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणसँगै प्राविधिक समस्या देखिएका ठाउँमा तत्काल गरिएको सुधारलगायतका कारण ट्रिपिङको समस्या घटिरहेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । मुलुकमा हावाहुरी, पानी र विभिन्न अवस्थामा छिनछिनमा विद्युत् आउनेरजाने ९ट्रिपिङ० हुने गरे पनि गत आर्थिक वर्षको तुलनामा उल्लेख्य मात्रामा घटेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयको तथ्यांकअनुसार विद्युत् ट्रिपिङको संख्या र बिजुली अवरुद्धको समय उल्लेख्य मात्रामा घटेको हो । आर्थिक वर्ष २०८१र०८२ को तुलनामा आर्थिक वर्ष २०८२र०८३ मा सबै प्रदेश र केन्द्रमा छिनछिनमा विद्युत् जाने ट्रिपिङको संख्या र बिजुली अवरुद्धको समय उल्लेख्य मात्रामा घटेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
प्रसारण तथा वितरण लाइन र सबस्टेसन सुदृढीकरणसँगै प्राविधिक समस्या देखिएका ठाउँमा तत्काल गरिएको सुधारलगायतका कारण ट्रिपिङको समस्या घटिरहेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । तथ्यांकले नै बिजुलीको विश्वसनीयता उल्लेख्य वृद्धि भएको देखाउने उनको भनाइ छ । गत आर्थिक वर्षको फागुनमा ६६।३२ पटक ट्रिपिङ भएको थियो । उक्त अवधिमा ३२।१७ घण्टा विद्युत् अवरोध भएको थियो ।
चालु आर्थिक वर्षको फागुनमा ४७।७१ पटक मात्रै ट्रिपिङ भएको प्राधिकरणको तथ्यांक छ । फागुनमा ट्रिपिङ हुँदा १२।५५ घण्टा मात्रै विद्युत् अवरोध भएको छ । चालु आर्थिक वर्ष सबैभन्दा बढी साउन र भदौमा ट्रिपिङ र बिजुली अवरुद्धको अवधि दुवै सबैभन्दा धेरै छ । साउनमा १२६ पटक ट्रिपिङ हुँदा ४४।८७ घण्टा बिजुली अवरोध भएको थियो । भदौमा ११५।१५ पटक ट्रिपिङ हुँदा ४१।३८ घण्टा बिजुली अवरुद्ध भएको थियो ।
विद्युत्को ट्रिपिङको संख्या र रोकावटको समय दुवै घट्दा त्यसले विद्युत् ग्राहकलाई प्रशस्त राहत भएको शाक्यको भनाइ छ । ‘एक पटक पनि बिजुली जाँदैन भन्न सकिन्न । यो एकै पटक पनि हुँदैन । बिस्तारै हुन्छ,’ उनले भने, ‘पहिलाको तुलनामा बिजुलीको गुणस्तर वृद्धि भएको छ, विद्युतीय उपकरण प्रयोग बढाउन आग्रह गर्छौं ।’ पश्चिम एसियामा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थ र ग्यास आयातमा असर पर्ने भनिरहँदा शाक्यले विद्युतीय उपकरण प्रयोग बढाउन उपभोक्तालाई आग्रह गरे ।
प्राधिकरणले पछिल्लो समय प्राविधिक सुधार, प्रणालीगत सुधार, दक्ष जनशक्तिलाई तालिमसहित मर्मत सुधारमा अहोरात्र खटाएर गरेको व्यवस्थापनका कारण यो सम्भव भएको शाक्य बताउँछन् । ट्रिपिङ बढी हुने सबस्टेसनको पहिचान गरी सुधार गर्ने, त्यहाँको लोड अन्यत्र सार्नेलगायतका काममा प्राधिकरण निरन्तर खटिरहेको समेत उनको भनाइ छ ।