बारा- बारा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रहवर अंसारीले डंका बजाउदै निर्वाचित भएका छन्।
प्रतिनिधी सभा निर्वाचनमा उनले आफ्ना निकट प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठलाई पछि पार्दै ४१ हजार २०० मतसहित विजयी भएका हुन् ।
एमालेका श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गरेका छन्। यस्तै नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले ७ हजार १२३ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जसपा नेपालका उम्मेदवार सन्जु साह ७ हजार ६२५ र नेपाली कम्युनिष्ट पार्टीका अजय कुशवाहा २ हजार ६७ मत प्राप्त गरेका छन् ।