नेपाली टोलीले टेस्ट राष्ट्रमाथि पहिलो विजय हात पार्याे

गढी न्यूज

काठमाडौँ- नेपालको राष्ट्रिय क्रिकेट टोलीले टेस्ट राष्ट्रमाथि पहिलो विजय हात पारेको छ । नेपालले महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा शनिबार पूर्ण राष्ट्र जिम्बावेलाई ६ विकेटले पराजित गर्‍यो ।

टस हारेपछि ब्याटिङको निम्तो पाएको जिम्बावेले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला कीर्तिपुरमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय २९ रन बनाएको थियो । उपकप्तान पूजा महतोले अविजित अर्धशतक बनाएपछि नेपालले ३ बल अगाडि १ सय ३३ रन बनायो । पूजाले ५० बल खेली ४ चौका र २ छक्कासहित ५२ रन बनाइन् ।

नेपालको यस जितले सुपर सिक्समा पुग्ने झिनो आशालाई कायम राखेको छ । पहिलो पटक ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा खेलिरहेको नेपाल पहिलो जित हात पारेको हो । नेपाल पहिलो दुई खेलमा थाइल्यान्डसँग ८ विकेटले र नेदरल्यान्ड्ससँग २ रनले पराजित गरेको थियो ।

नेपाललाई विजय दिलाउन जिम्बावेको अनियन्त्रित बलिङले पनि ठूलो सहयोग गरेको थियो । नेपालले अतिरिक्तमा २० रन पाएको थियो, जसमा जिम्बावेका बलरले वाइडमा १९ दिएका थिए ।

Share This Article