औधापुर स्वर्गद्वार सफाईमा जेनजी युवा सक्रिय

गढी न्यूज

बारा– मानिस जन्मेपछि एक दिन अवश्य मर्छ । जिवन अवधी भरमा आफ्नो तथा आफ्ना परिवारका लागी धेरै काम गर्छ मानिसले तर आफु मरेर अन्तिम संस्कार गर्ने स्थलको लागी व्यक्तीगत रुपमा केही गर्दैन ।
कसैले सरसफाई नगरेपछि र स्थानीय सरकारले समेत चासो नदेखाएपछि वर्षौदेखी फोहोर बनेको औधापुर स्वर्गद्वार माथी स्थानीय जेनजी युवाहरुको नजर परेको थियो ।
सरसफाईको अभावमा अस्तव्यस्त बनेको स्वर्गद्वारलाई जेनजी युवा सचितानन्द मिश्राको अगुवाईमा सरसफाई गरिएको छ ।
कलैया उपमहानगरपालिका २ मा रहेको औधापुर स्वर्गद्वारलाई वडा कार्यालयको सहकार्यमा सरसफाई गरिनुका साथै त्याहा पोल गाड्ने काम समेत गरिएको जेनजी अगुवा मिश्राले जानकारी दिए ।
समाजमा आफुलाई स्थापित गर्न सरसफाई कार्यमा मिश्रा सहित स्थानीय जेनजी युवाहरु राजाबाबु राउत, अशोक प्रसाद गुप्ता, मुन्ना ठाकुर, सिताराम यादव, धर्मराज कुमार लगायतको सहभागिता रहेको थियो ।

Share This Article