
काठमाडौं- शुशीला कार्की नेतृत्वको सरकारमा नवनियुक्त चार जना मन्त्रीहरूले शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार आयोजित शपथग्रहण समारोहमा नवनियुक्त चार मन्त्रीहरूले शपथ लिएका हुन् ।
मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम रहेका छन् । उनीहरूलाई प्रधानमन्त्रीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।
नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिईएकाे छ ।
जेन -जी प्रदर्शनकाे बलमा बनेकाे कार्की नेतृत्वको सरकारबाट आम नेपाली जनता सन्तुष्ट नरहेको गुनासो बढ्न थालेको छ ।



