
जनकपुर- अज्ञात समुहले धनुषाको मिथिला बिहारी नगरपालिकामा शुक्रबार साझ एक जना वडाध्यक्षको गोली प्रहार गरी हत्या गरेको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानेर हत्या भएको हो ।
शुक्रबार (कात्तिक २८) साँझ ६ बजे अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेर भागेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जिला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान सहित गाेली प्रहार गर्ने समुहको खाेजी कार्य सुरु गिरिएकाे प्रहरीले जनाएको छ ।


