माटाेकाे ढिस्काेमा पुरिएर बारामा दुईकाे मृत्यु , ६ घाइते

गढी न्यूज

पवन यादव

बारा- बाराकाे सिम्रौनगढ नगरपालिका वडा नं.- ६ मा रहेको ऐतिहासिक इशरा पोखरीको डिलमा माटो खन्ने क्रममा ढिस्काेमा पुरिएर दुई जनाको मृत्यु भएको छ भने ६ जना बालबालिका घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितक

मृत्यु हुनेमा सिम्राैनगढ नगरपालिका वडा नं. ६ सानो इटवाल टोलीकी ७० वर्षीया शारदादेवी महतो र वडा ५ सानो इटवाल टोलकै १५ वर्षीय सुनिल महतो रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

घाइते अवस्थामा उद्धार गरिएका उनीहरुलाई उपचारका लागि कलैया ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । अरु घाइतेहरुको सिम्रौनगढ र कलैयाको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए ।

ढिस्कोले पुरिएका सबै जनालाई स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे सहयोगमा उद्धार गरिएकाे डिएसपी पंडितले जानकारी दिए ।

दीपाली तथा छठ पर्वको लागि तराईमा घर सरसफाइ देखी सृङगार्ने समेतको काम गरिन्छ ।  यहाका माटाे र खरले बनाईएकाे कच्ची घरलाई लिपपोत गरी सिंगार्नका लागि हरेक वर्ष कात्तिकमा माटाेकाे जाेहाे गर्नु पर्दछ ।

यही क्रममा गाउँ नजिकैको सार्वजनिक तथा निजी जमिनमा माटो खन्ने गरीन्छ ।  यसरी नै माटो खन्ने क्रममा सावधानी न अपनाउदा हरेक वर्ष ढिस्काेले पुरिएर महिला तथा बालबालिका ज्यान गुमाउनुका साथै घाइते हुने गरेको प्रहरी तथ्यांकले देखाएको छ ।

हरेक वर्ष यस्ता घटना दाेहाेरिदा पनि स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारीले सावधानीका उपायबारे सराेकारवालालाई सचेत नगराउदा, कडाई नगरेकाे नागरिक अगुवाले गुनासाे गरेका छन् ।

Share This Article