नेपाल प्रहरीकाे विशिष्ट श्रेणीमा पुगेका एआईजी विक ईतिहास रचे

गढी न्यूज

काठमाडौं- नेपाल प्रहरीमा पहिलोपटक दलित समुदायबाट विशिष्ट श्रेणीमा पुगेर डम्बरबहादुर विकले इतिहास बनाएका छन् ।

उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका हुन् ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले एआइजीमा बढुवा गरेको विकसहित चारजनालाई शुक्रबार दज्र्यानी चिह्न लगाएर नयाँ जिम्मेवारीमा खटाइएको छ ।

०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भई ०५८ मा नेपाल प्रहरीमा स्थानान्तरण भएका डम्बर विक डिआइजीमा दोस्रो तथा एआइजीमा पुग्ने दलित समुदायका पहिलो व्यक्ति हुन् ।

यसअघि ०२२ सालमा इन्स्पेक्टरमा भर्ना भएका पदमकुमार नेपालीले डिआइजीबाट अवकाश पाएका थिए ।

Share This Article