बारा- अविरल वर्षाका कारण नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र अन्तर्गतको कलैया सबस्टेसन डुबानमा परेपछी शनिबारदेखि सदरमुकाम कलैया सहित जिल्लाकाे अधिकांश स्थानमा विद्युत अवरुद्ध भएकाे छ ।
शनिबार दिउसाे करीब २ बजे देखी अवरुद्ध विजुली आईतवार बिहान साढे ७ बजे सम्म संचालन हुन नसकेको विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले जनाएकाे छ ।
सबस्टेशनमा पसेकाे पानी सुकाएर विद्युत सुचारु गर्न नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रका प्रमुख ईन्जिनियर हिमांशु यादव सहित प्राविधिक टोली खटिएको छ ।
विद्युत सेवा सुचारु गराउने कार्यमा निरन्तर खटिए पनि पुर्ण रुपमा अहिलेसम्म पानी निकाल्न नसकिएको प्राधिकरणले जनाएकाे छ ।
सबस्टेसनमा पानीको स्तर नघटेसम्म विद्युत आपूर्तिमा समस्या रहने भएकाले सेवा सुचारु हुन केही समय लाग्ने कलैया वितरण केन्द्रले जनाएको छ।