बरामद पटाखा नष्ट गरियाे, शंका गर्न मिल्दैन

गढी न्यूज

बारा- भारतबाट अवैध रुपले नेपाल भित्रियाईएकाे बरामद पटाखा गाडेर नष्ट गरिएकाे सशस्त्र प्रहरी बल नेपाल १२ नं. गण बाराले दाबी गरेकाे छ ।

बाराकाे आदर्शकोतवाल गाउँपालिका–१ बोहा जमुनिया भित्री सडकखण्डबाट बरामद गरिएको ६० बण्डल नागिन ब्राण्डका पटाखा खाल्डोमा पुरेर नष्ट गरिएको हाे ।

बरामद पटाखा सशस्त्र प्रहरी बल नेपाल १२ नं. गण बाराकाे ब्यारेक परिसरभित्र खाल्डोमा पुरेर नष्ट गरिएको हाे । त्यसमा कसैले शंका नगर्न गणका गणपति एवम् सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले ध्यानाकर्षण गराएका छन ।सामाजिक सञ्जालमा यसबारे अफवाह आएको भएको भन्दै उनले अफवाहमा नलाग्न आग्रह गरेका छन्।

आइतबार विशेष सूचनाका आधारमा गरिएको चेकजाँचकाे क्रममा बागमती प्रदेश ०१–०२५ च ६१७६ नम्बरको पिकअप गाडीबाट करिब ५० हजार रुपैयाँ बराबरको पटाका सहित अन्य रेडिमेन्ट कपडा बरामद गरिएको थियो।

तर बरामद पटाखाबारे सामाजिक संजालमा दिगभ्रमित पार्ने पाेष्ट राखिएकाे प्रति गणपति केसीले असन्तुष्टि समेत व्यक्त गरेका छन ।

Share This Article