दुर्गा पुजा गर्न घटस्थापनाकाे अवसरमा उत्तरिझटकैयामा जलयत्रा

गढी न्यूज

बारा- बाराकाे कलैया उपमहानगरपालिका वडा नं. १६ उत्तर झिटकैयामा आयाेजित दुर्गा पुजा विधिवत सुरु गर्न घटस्थापनाका दिन साेमवार विशाल कलशयात्रा निकालिएको छ ।

गाउकाे चाेकबाट विधिवत सुरु भएकाे कलश यात्रा विद्यानगर, चिनीमिल हुदै किरकिचहा नदीमा पुगेर श्रद्धालुहरु जल भरेका थिए ।

बाजागाजा सहित निस्केको कलश यात्रा पुन: पुजास्थलमै पुगेर सम्पन्न भएकाे थियाे ।

त्यस क्रममा चिनीलका कर्मचारी सहितकाे टाेलीले जलयात्राका सहभागीलाई सर्वत पानी वितरण गरेका थिए । उनीहरु जस्तै उत्तरझिटकैमा स्थानीय पुजा समितिमा आवद्ध युवाहरुले पनि श्रद्धालुलाई पानी वितरण गरेका थिए ।

कलशयात्रामा जनमनत पार्टी बाराका अध्यक्ष शिवनाथ पटेल, स्थानिय युगल गुप्ता, जगरनाथ मण्डल, रनबहादुर गुप्ता, रामएकवाल पटेल, मेघु राम, पन्नालाल यादव, अमृत कुनाल साह लगायतकाे सहभागिता थियाे ।

1-4608×3466-1-0#
1-4608×3466-1-0#
1-4608×3466-1-0#
1-4608×3466-1-0#
1-4608×3466-1-0#
1-4608×3466-1-0#
1-4608×3466-1-0#
1-4608×3466-1-0#
1-4608×3466-1-0#
Share This Article