काठमाडौं– कर्णाली प्रदेशको हुम्ला जिल्लामा ९८.१७ मेगावाट क्षमताको चुवा खोला अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ । आयोजनाको कुल लागत १७ अर्ब ६९ करोड ३० लाख ७० हजार रूपैयाँ रहेको छ।
आयोजनाको क्षमता ७० मेगावाटबाट बढेर ९८।१७ मेगावाट भएको छ। आयोजना निर्माणको अवधि ४ वर्षको हुनेछ। आयोजनाको सुरुमा प्रस्तावक सुपर मुगु कर्णाली हाइड्रोपावर प्रालि रहे पनि अहिले परिवर्तन भइ बिजबेल प्रालि भएको छ।
आयोजनाको सर्वेक्षण लाइसेन्स २०७६ माघमा जारी भएको थियो। सर्वेक्षण लाइसेन्स २०८० माघमै सकिएको भए पनि विद्युत उत्पादन अनुमतिपत्र लिने प्रक्रियामा रहेको रायसुझावका लागि सार्वजनिक भएको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्टमा उल्लेख छ।