हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडक पहिरोले अवरुद्ध

गढी न्यूज

मकवानपुर– हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दुरीको सडकमार्गको हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडक अवरुद्ध भएको छ ।
उक्त सडक खण्डको महालक्ष्मी खोला नजिक पहिरो खसेर आवत जावत ठप्प भएको हो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका—४ महालक्ष्मी खोला नजिक माथिबाट आइतबार दिउँसो सुख्खा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अवरुद्ध सडक खुलाउन फाखेलस्थित प्रहरी टोली र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउने काम भईरहेको र पहिरो पन्छाएर आवागमन सुचारु गराउन २÷३ घण्टा भन्दा बढी समय लाग्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि पहिरोस्थल वरपर सवारी साधनको लाम लागेको स्थानीयले जानकारी दिएका छन । बर्खा सुरु भएकोले यात्रा गर्दा सडकको अवस्थाबारे जानकारी लिएर मात्र अगाडीको यात्रा तय गर्न स्थानीय प्रशासनले आग्रह समेत गरेको छ ।

Share This Article