बारा- बारा प्रहरीले लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–१२ थली टोलका अन्दाजी ४२ वर्षीय सुरज घलान र २२ वर्षीय समिर घलान रहेका छन्।
मंगलवार राती निजगढ–११ अन्तर्गत पर्ने पर्सा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिएका छन् ।
प्रहरी टोलीले शंकास्पद अवस्थामा प्लास्टिकको बोरा बोकी हिंडिरहेका व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा चारवटा छुट्टाछुट्टै पोकामा प्याक गरिएको २४ किलोग्राम गाँजा फेला पारेको प्रहरी निरीक्षक लामिछानेले बताए ।
पक्राउ परेका दुबैलाई लागूऔषधसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान तथा कारवाहीका लागि ईलाका प्रहरी कार्यालय निजगढमा राखिएको उनले बताए ।