विश्व बुदोमा नेपालले भाग लिने

गढी न्यूज

काठमाडौँ — विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा भाग लिन ७ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली बिहीबार अजरबैजानको बाकु जाने भएको छ ।
साउन ८ देखि १२ सम्म हुने प्रतियोगितामा पुरुषतर्फ ७० केजीमा रोचक भट्टराई, ७५ केजीमा विनोद महर्जन, ८५ केजीमा सुदर्शन खतिवडा, ८० केजीमा सागर विष्ट र ६५ केजीमा रमेश खड्गीले प्रतिस्पर्धा गर्नेछन् । महिला ४२ केजीमा पूजा खड्का र ५५ केजीमा बबिता कार्कीले खेल्नेछन् ।
प्रशिक्षकमा नेपाल बुदोकैदो संघका अध्यक्ष वीरकृष्ण महर्जन, व्यवस्थापक रजिम शाही, अफिसियल सन्देश महर्जन र कुमारध्वज लामा तथा निर्णायक करुणा राउत क्षेत्री र राजीव श्रेष्ठ छन् ।

 

Share This Article