थारु मुक्ति मोर्चा एक्लौटी ढंगले गठनप्रति नेकपा ९माओवादी केन्द्र जितपुरसिमरा नगर समितिको आपत्ति

गढी न्यूज

बारा– नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र जितपुरसिमरा उपमहानगर समितिले जिल्ला पार्टी इञ्चार्जद्वारा एकलौटी ढंगले थारु मुक्ति मोर्चाको गठन गरिएको भन्दै आपत्ति जनाएको छ ।
नगर समितिले एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय मुक्ति संगठन गठनजस्तो गम्भीर र सांगठनिक विषयमा पार्टीको सांगठनिक प्रक्रिया र निर्णयविना भएको कदमलाई आपत्तिजनक र अनुशासनविहीन भनेको छ।
विज्ञप्तिमा थारु मुक्ति मोर्चाको जिल्ला अध्यक्ष प्रकाश चौधरीले पाटी जिल्ला ईँचार्जलाई स्थानीय पार्टि अन्तरबिरोधको बिषयमा जानकारी गराउँदा पनि गठन हुनुले पार्टीमा राम्रो सन्देश नगएको बताईएको छ ।
नगर कमिटीले उक्त कदम पार्टीको नीति, पद्धति र निर्णयविपरीत भएको भन्दै विरोध जनाउँदै भनेको छ, “यसरी गरिएको कार्यले पार्टी निर्माण होइन, पार्टीलाई कमजोर बनाउने षड्यन्त्र हो।” साथै पार्टीको नाम, झण्डा र संगठनलाई प्रयोग गरेर सामाजिक, थारु थारुबीचको जातीय द्वन्द्व भड्काउने र अराजकता गतिबिधि सिर्जना भई पाटिमा गुट ,उपगुट हुने कार्यप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा स्पष्ट रूपमा भनिएको छ कि नगरस्तरमा कुनै जानकारी नदिई यस प्रकारको गतिविधि गर्नु गम्भीर अनुशासनहिनता हो र यस्तो गतिविधि नगर्न जिल्लाको पार्टी नेतृत्वलाई आग्रह गरिएको छ । विज्ञप्तिमा नगर कमिटी इञ्चार्ज शिला खनाल र अध्यक्ष प्रेम बरालले हस्ताक्षर गरेका छन्।
नगर कमिटीले पार्टी विरोधी तत्वहरूबाट सावधान रहन र संगठनविपरीतका गतिविधिमा संलग्न नहुन सम्पूर्ण कार्यकर्ता र नेताहरूलाई आग्रह गर्दै यस्ता कार्यको स्पष्ट रूपमा विरोध गरिने चेतावनी दिएको छ।

TAGGED:
Share This Article